FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालकाे प्रदेश न‌ं. ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं‍. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा  यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय स‌ंभावनाबाेकेकाे छ ।

याे नगरपालिकाकाे उत्तरी क्षेत्रमा पानीका स्राेतहरु, जङ्गल, जडिवुटी, जङ्गली जनावर, स्लेट, ढुंगा पाइनुका साथै हराभरा जङ्गल भएकाेकारण पशुपालनकाे लागि चरन क्षेत्रकाे उच्च स‌ंभावना रहेकाे छ । याे नगरपालिकाकाे मध्य भागमा पशुपालन तथा फलफूल खेतीकाे संभावना रहेकाे छ भने पुर्वी भागमा धान, गहुँका साथै तरकारी खेतीकाे संभावना रहेकाे छ । पूर्वमा कर्णाली नदी, तालागाड खाेला, पश्चिममा कुइका खाेला सँधै पानी बगिरहनेखाेलाहरु हुन । यी खाेलाहरुबाट ढुंगा-गिटी-वालुवा जस्ता निर्माण सामग्रीहरु उपलब्ध गर्न/गराउन सकिने अवस्था छ । पञ्चदेवल विनायक नगरपालिकाक्षेत्रभित्र एेतिहासीक पञ्चदेवलहरु (जसकाे नामबाटै यस नगरपालिकाकाे नामाकरण भएकाे छ ), मष्टामाण्डाै, बालमाडाैं, जस्ता प्रसिद्ध तिर्थस्थलहरु तथाकर्णाली नदी, बेलखेत, कालापानी जस्ता प्रर्यटकिय संभावना बाेकेका क्षेत्रहरु रहेका छन । बारला र कालेकाँडामा रहेकाे पेट्राेलियम पदार्थ र काइनाइटतथा फलामकाे धाउ उत्खनन गर्न सकेमा पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्ला, प्रदेश नं. ७ का साथै सिंगाे नेपाल राज्यकै अार्थिक समृद्धिमाटेवा पुग्ने संभावना रहेकाे छ । यस नगरपालिकाकाे कुल क्षेत्रफल १४७.७५ वर्ग कि.मि. रहेकाे छ । वि. स. २०६८ सालकाे राष्ट्रिय जनगणना अनुसार २७४८५ जनसङ्ख्या रहेकाे याेनगरपालिका साबिकका कुइका, विनायक, लयाँटी, ताेली, पुल्लेताेला, बारला र कालेकाँडा गरी ८ गा.वि.स.हरु मिलाएर  नेपाल सरकारबाट वि.स. २०७३ साल फाल्गुन २७ गते घाेषणा भएकाे  हाे । यस नगरपालिकामा  विभिन्न जातजाती र भाषाभाषिका मानिसहरुकाे बसाेबास रहेकाे हुँदा धार्मिक र सा‌ंस्कृतिक विविधता पनि उत्तिकै रहेकाे छ ।